लमही– सिद्घार्थ बैंकले दाङको लमहीमा आफ्नो १८० औं शाखा स्थापना गरि कारोबार औपचारिक रुपमा सुरु गरेको छ । उक्त शाखाको लमही नगरपालिकाका मेयर कुल बहादुर केसीले उद्घाटन गरेका थिए । बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।