काठमाडौं - प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक १ बजे बस्ने भएकाे छ ।
संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभावाट सन्देशसहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथी विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १२:०५