काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदान कीर्तिपुरमा सम्पन्न टस हारेर पहिले ब्याटिङ गरेको ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा ४६.५ ओभरमा १७९ रनमै समेटिए पछि नेपाल पराजित भएको हो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको ओमानका लाग मोहमद नदिमले ६९ रन बनाए, त्यस्तै सन्दिप गौडले ३३, नशिम खुशीले २८, जेशन मक्सुदले २० र अकिब ल्यासले १६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि करन केसीले चार, सुशन भारीले तीन तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । करनले नौ ओभर बलिङ गर्दै एक मेडन राखी ४७ रन खर्चिए । यस्तै आफ्नो डेब्यु खेलमै सुशनले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले १० ओभरमा १४ रन खर्चिएर ३ विकेट हात पारे भने दीपेन्द्रले पाँच ओभर बलिङ गरी २२ रन खर्चिए । त्यस्तै विश्व क्रिकेटमा तहल्का मच्चाएका नेपालका सन्दीप लामिछानेले आप्mनो १० ओभर बलिङ स्पेलमा ४५ खर्चेर कुनै विकेट हात पारेनन् ।
१९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले इनिङ ओपनिङ गरेका थिए । नेपालले चौथो ओभरमा पहिलो विकेटको रूपमा कप्तान ज्ञानेन्द्रलाई गुमायो । त्यो बेला नेपालको स्कोर मात्र चार रन थियो ।
यस्तै खेलको पाँचांै ओभरमा टोलीको स्कोर चार रन छँदा पारश एक रन बनाएर आउट भए । नेपालले आठ ओभरमा दुई विकेट गुमाएर मात्र १२ रन बनाउन सकेको थियो । दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले नेपालको पारीलाई उकासे । दुवै जनाले ६२ रनको साझेदारी गरेका थिए । खेलको २१औँ ओभरमा दीपेन्द्र व्यक्तिगत ३६ रन बनाउँदै आउट भएपछि नेपालको इनिङ धर्मराएको थियो ।
त्यसपछि खेलको २४ औं ओभरमा ६ रन बनाउँदै आरिफ शेख आउट भएपछि ब्याटिङका लागि आएका यू–१९ का कप्तान रोहितकुमार पौडेल पहिलो बलमा नै आउट भएपछि नेपाल हार नजिक पुगेको थियो ।
त्यसपछि आएका विनोद भण्डारी र शरद भेषवाकरले नेपाललाई जितको नजिक डो¥याए पनि ३३औँ ओभरमा विनोद भण्डारी खबर अलीको बलमा सन्दिप गौडद्वारा आउट भएपछि खेल ओमानको पक्षमा ढल्किएको थियो ।
नेपालका लागि विस्फोटक ब्याट्म्यान करन केसी शुन्य रनमा आउट हुनु नै नतिजा ओमानको पक्षमा जानु थियो । त्यसपछि बलिङमा निराशाजनक प्रदर्शन गरेका सन्दीप लामिछानेले विस्फोटक २७ बलमा २८ रन बनाउँदै खेललाई केही लम्ब्याउने प्रयास गरे पनि ४४ औं ओभरमा शरद भेषवाकर ५५ रन बनाउँदै आउट भएपछि खेल ओमानको पक्षमा पूर्ण ढल्किएको थियो । लगत्तै ४५ औं ओभरमा सन्दीप लामिछाने आउट भएपछि ४६ औं ओभरमा सुसन भारी ८ रन बनाएर आउट भए र नेपाल १७९ रनमा समेटियो ।
ओमानका लागि जेशन मक्सुदले ३, बिलाल खान र कलिमउल्लाहले २÷२ तथा मोहमद नदिम, खवर अली र एक्विब लियासले १÷१ विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच ओमानका मोहमद नदिम घोषित भए । सिरिजको दोस्रो खेल बिहीबार ओमान र अमेरिकाबीच हुनेछ ।