इदलिब, सिरिया – सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ ।
विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो ।
रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी सङ्घसंस्थाले जानकारी दिएका छन् ।
‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले उक्त इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।
उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुनसक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ ।
सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । (रासस÷एएफपी)
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६ ०७:३२