फ्रान्स– फ्रान्सको मार्सेलीमा आइतबार ठूलो विस्फोटपछि भत्किएको भवनको भग्नावशेषमा दुई जनाको मृत शरीर भग्नावशेषबाट निकालिएको उद्धार कार्यमा सम्लग्न अधिकारीले बताएका छन् । भूमध्यसागरीय बन्दरगाह शहर, मार्सेलीमा रहेको चारतले भवन भत्किएको करिब २४ घण्टापछि ती शव फेला परेका हुन् ।
आपतकालिन कामदारहरूले क्रेन र बत्तीको सहायताले आइतबार रातिसम्म पनि उद्धार कार्य जारी राखेका थिए । तर भग्नावशेषमुनि लगातार आगो लाग्दा उनीहरूको काममा बाधा पुगेको थियो । घटनापछि प्रतिक्रिया दिँदै स्थानीय अभियोजक डोमिनिक लरेन्सले आठ जनाले फोन कलको जवाफ नदिएको बताउनु भएको थियो । स्थानीय समयअनुसार आइतबार राति १२ः४० बजे भएको विस्फोटमा परी छिमेकी भवनका पाँच जना सामान्य घाइते भएका छन् ।
मार्सेलीका मेयर बेनोइट पायनले एक विज्ञप्ति जारी गर्दै भने, “आइतबार राति गम्भीर पीडा र दुःखले सकिएको छ ।” “शहरका सबै सेवाहरू, साथै राज्य, यस क्षणमा पनि खोजी जारी राख्न पूर्ण रूपमा प्रतिबद्ध छन्,” उहाँले थप्नुभयो । विस्फोटको कारण पत्ता लाग्न बाँकी छ, तर अनुसन्धानकर्ताहरूले यो ग्यास चुहावटको परिणाम भएको हुन सक्ने बताएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १६:०७