काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पत्रकार समेलन गर्ने भएका छन् । देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैङ्कहरूको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिँदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई लिएर गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपराह्न १ बजे हुनेछ ।
बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ १०:५९