काठमाडौं– होचा कलाकार मनोज बिकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ’को बिशेष शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले यही आउने शनिबार बिग मुभिजमा फिल्मको बिषेश शो आयोजना गर्न लागेको हो ।
बोनम्यारोको रोगबाट पीडित मनोजको हाल उपचार भइरहेको छ । पारिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या भएको छ । फिल्मको बिषेश शोबाट उठेको सम्पूर्ण रकम मनोजलाई प्रदान गरिने जनाइएको छ ।
उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीको समेत उपस्थिति रहने आयोजकले जनाएको छ । विशाल सापकोटाको निर्देशन रहेको फिल्ममा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ ।
फिल्ममा विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा नृत्य गरेकी छन् ।
फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी रहेको छ ।