काठमाडौं– ‘मिसेस एण्ड मिस गुरुङ–२०२०’को प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो कला देखाएका छन् । प्रतियोगीले प्रतिस्पर्धीले नृत्य, अभिनयलगायतका प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए ।
गुरुङ जातिको कला–संस्कृति, भेषभूषा, रितिरिवाज एवं रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी र व्यवसायी महिलामार्फत प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरूको बढ्दो भिडमा एसके इन्टरटेनमेन्ट प्रालिले यो प्रथियोगिता आयोजना गर्दै आएको हो ।
दुई बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको ‘मिसेस एण्ड मिस गुरुङ’को फिनाले यहि २९ माघमा राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागीको अवसरसहित चलचित्र, म्युजिक भिडियोलगायतका मौका दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागीहरूलाई एक महिनासम्म प्रशिक्षण प्रदान गरिँदै आएको छ । जसमा फेसन कोरियोग्राफर ट्रेनरबाट उनीहरूलाई प्रशिग्क्षण दिइएको आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले जनाइन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लासलगायतमा सहभागी गराइएको छ ।