बर्दिया(प्रस)–समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका–८ स्थित महाकवी देवकोटा माविमा अध्यनरत विद्यार्थीहरूलाई विभिन्न बिषयमा प्रशिक्षण प्रदान गरिएको छ । जिप्रका बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा ‘एक स्कुल एक कार्यक्रम’ अन्तर्गत उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई लागूऔषध, यौन दुर्व्यवहार, साइवर क्राइम, बाल विवाह, बहुविबाह, सडक दुर्घटना, कोरोना भाइरस लगायतका विषयमा श्रव्यदृश्य बिधि मार्फत प्रशिक्षण प्रदान गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६ ०८:४५