काठमाडौं– बौद्व दर्शन प्रबर्द्वन तथा गुम्बा विकास समितिद्वारा एक महिने मूर्ति निर्माण तालिम राजधानीमा सुरु गरेको छ ।
बुधबार तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले कला संस्कृतिको संरक्षण नै सिर्जना हो । यो सीप सिकाईबाट पाएको ज्ञान अमुल्य हुने बताए ।
उनले भने‚ ‘तालिमपश्चात कलाकार भएर निस्किने छ । अनुशसित भएर सिकेको ज्ञान नै उपयुक्त हुन्छ।’ गुम्बा बिकासबाट लिएको सीप बिदेशमा समेत प्रयोग भएको कार्यकारी दोङले जानकारी दिए । जसले देशको पहिचानसमेत चिनाएको उनको भनाइ थियो ।
तालिममा ठुलाले सानालाई सहाकार्य गरी सीप साटासाट हुँदा थप ज्ञान बाँडिन्छ । जसले सान र मान पाइन्छ‚ उनले थपे । यस्तै उद्घाटन सत्रलाई सम्बोधन गर्दे समितिका योजना शाखा अधिकृत रामबाबु सापकोटाले तालिम अवधिभर अनुशासन‚ चाहनका साथ सिकेमा त्यसले आफूलाई पुर्णता दिने बताए । उनले यो तालिमलाई हेलचेक्रयाई गरेर आफूखुशी भएर सीप सिक्यो भने त्यो प्रभावकारी नहुने बताए ।
त्यस्तै तालिमका प्रशिक्षक भिम श्रेष्ठले तालिम अवधिभर टेक्निकल ज्ञानसहित मैले जानेसम्मा सीप सिकाउने हुँदा यसमा अनुशासन भएर सिक्दा राम्रो हुने बताए । उनले मुर्तिको धेरै रुपहरु छन्, पर्फेक्ट मुर्ती बनाउन टेक्निकल सीप चाहिन्छ, त्यो मबाट सिक्न पाउने बताए ।
तालिममा सर्लाही, सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, धादिङ लगायतबाट १५ जनाको सहभागी रहेका छन् । तालिम आगामी २०८० सालको बैशाख २८ गतेसम्म चल्नेछ । समितिले गुम्बा व्यवस्थापन सम्बन्धी तालिम‚ प्रत्येक वर्षमा मूर्ति बनाउने तालिम‚ सोवा रिग्पा तालिम‚ थाङ्का लेखन तालिम‚ आनीहरुलाई सामाजिकीरण गर्ने गोष्ठी लगायतका प्रशिक्षणहरु प्रदान गरिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १०:४३