काठमाडौं– आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले वालेट–टु– वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २९ देखि २०८० भाद्र २६ ९अप्रिल १२ देखि सेप्टेम्बर १२ २०२३० सम्म चल्ने सो अफरमा ग्राहकवर्गले आइएमई पेमा वालेट*टु*वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच –हेयलोउ आर।टि एल एस ०५५ जित्ने मौका पाउने छ । सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ ।
यस अफर अवधिभर वालेट–टु–वालेट ट्रान्सफर गर्ने सम्पूर्ण ग्राहकहरुले सो पुरस्कार जित्न सक्ेछन् ।
ग्राहकवर्गमा वालेट–टु– वालेट ट्रान्सफर (पि टु पि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १३:१२