काठमाडौं– नेपाल सरकार, मन्त्रिपरिषद्को चैत्र २४ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सुदर्शन सिल्वाललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको छ । पदोन्नती भएका उपरथी सुदर्शन सिल्वाल सैनिक ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएको छ ।
सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले महा सेनानी दर्जामा पदोन्नती भएका ३ जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको थियो ।
उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १५:१७