काठमाडाैं - आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै 'तिमीलाई पनि, मलाई पनि' नामक अफर सार्वजनिक गरेको छ ।
यही चैत २९ देखि आउँदाे भदाै २६ गतेसम्म चल्ने याे अफरमा ग्राहकले आईएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात् आईएमई पे वालेटबाट आईएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच -हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउने छन् ।
पाँच महिनासम्म चल्ने अफरमा प्रत्येक महिनाको अन्त्यमा दुई जना भाग्यशाली विजेता छनाेट गरिने छन्। यस अफरअन्तर्गत पैसा पठाउने ग्राहकबाट एक जना तथा पैसा पाउने ग्राहकबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छन् ।
यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने सबै ग्राहकले याे पुरस्कार जित्न सक्नेछन् ।ग्राहकमा वालेट-टु-वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्त्वको जानकारी प्रदान गर्नुका साथै विद्युतीय भुक्त्तानी माध्यममार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १८:२२