काठमाडाैं - फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ । नयाँ वर्ष २०८० वि.स.को उपलक्ष्यमा ८०% सम्म छुट दिने गरी फुडमान्डुले नयाँ अफर घोषणा गरेको हाे ।
यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तिमा २०% देखि ८०% सम्मको छुटको भौचर कोडहरु प्राप्त गर्न सक्नेछन् । छुट कति पर्यो भनेर ग्राहकहरुले अर्डर गर्ने बेलामा मात्र थाहा पाउनेछन् ।
आफ्नो ग्राहकहरुलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फुडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकहरुलाई उत्साह र रहस्यको अनुभुति दिन ल्याइएको हो ।
फुडमाण्डुका ब्रान्ड मार्केटि· एक्जेक्युटिभ अंकिता जोशी भन्छन्, “हामी निरन्तर रुपमा नयाँ नौलो क्याम्पेनहरु ल्याउन खोजिरहन्छौँ र यो नयाँ वर्ष पनि हाम्रा ग्राहकहरुलाई यो रमाइलो अनुभव प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ ।”
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८० १२:५६