बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ टि,सि,एन चोकबाट पिकअप सहित करिब २ लाख भन्दा बढि मुल्य बराबरको बोईलर कुखुरा नियन्त्रणमा लिईएको छ ।
बिहान अन्दाजी ७स्१० बजे उक्त चोक स्थित पुर्व–पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय बर्दघाट बाट प्रहरी निरिक्षक विरेन्द्र के।सी। को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा दक्षिणबाट पुर्वतर्फ आउदै गरेको ना ४ च ५१०५ नं। को पिकअप सहित अबैध जिउदो बोईलर कुखुरा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको पिकअपमा अन्दाजी कुखुरा ६०० वटा जिउदो बोइलर कुखुरा,११०० के।जी, जसको अन्दाजी मुल्य रु। २ लाख ४२ हजार बराबरको रहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले बताएको छ ।
यतिबेला पिकअप र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी पशु क्वरेन्टाईन महेशपुर पठाईएको डिएसपी पाण्डेले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० ११:१३