भक्तपुर– मध्यपुर ठिमी नगरपालिका–५ राधेराधे यातायात कार्यालयभित्र रहेको हेल्प डेक्समा आगजनी गरेको अभियोगमा सिन्धुपालचोक मेलम्ची नगरपालिका–१ घर भई हाल भक्तपुर राधेराधे बस्ने ४१ वर्षीय राज कुमार चौलागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चौलागाईले मादक पदार्थ सेवन गरी उक्त हेल्प डेक्समा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आगलागीबाट हेल्प डेक्स जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १२:१६