रौतहट– गढीमाई नगरपालिका– ८ धोबिनिया गाउँमा बाटो बिस्तार गर्ने बिषयलाई लिएर स्थानीयवासी वीच विवाद भई झै–झगडा भई १२ बोरको दुई नाले बन्दुकबाट गोली फायर हुँदा सोही ठाउँ बस्ने ५० को राजकुमार यादवको शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ४७ वर्षीय श्याम राय यादव पक्ष र ७० वर्षीय रामप्रताप राय यादव पक्षबीच विवाद भई झै(झगडा हुँदा श्याम राय यादव पक्षका ४० वर्षीय रामईश्वर राय यादवले आफ्नो घरमा राखेको बन्दुक ल्याई ३ राउण्ड गोली फायर गर्दा राजकुमार समेत ५ जना घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले उनीहरूलाई उचचारको लागि ग्राण्डी अस्पताल गरुडा पठाएको थियो ।
गम्भीर घाइते राजकुमारको ग्राण्डी अस्पताल गरुडा हुँदै नारायणी अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै प्रहरीले रामईश्वर राय यादवको घरबाट १२ बोर दुई नाले बन्दुक १ थान, गोली १० राउण्ड र ३ वटा खोकासमेत फेला पारी बरामद गरेको छ ।
प्रहरीले झै–झगडाबाट संलग्न श्याम राय यादव समेत १६ जनालाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १२:१८