मोरङ– सुनसरी धरान उपमहानगरपालिका– ५ पानवारा बस्ने २४ वर्षीया एलिसा भन्ने योङसोन लिम्बु राईको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
मोरङ बेलबारी नगरपालिका– ११ स्थित माईती घरमा पानी तान्ने मोटरबाट फुलको गमलामा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १२:२२