काठमाडाैं - सत्यराज चौलागाईंद्वारा निर्देशित फिल्म ‘बिच्छेद’ आगामी मंसिर ८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।शनिबार प्रदर्शन मिति उल्लेख गर्दै आगामी मंसिर ८ गतेबाट प्रदर्शनमा आउने भएको निर्देशक चौलागाईंले बताएका हुन् ।
शनिबार फिल्मकाे एक पोस्टर पनि सार्वजनिक गरिएको छ ।साे पोस्टरमा फिल्मका प्रमुख दुई कलाकारहरु फिचर्ड छन् ।उनीहरुको अनुहार देखाइएको छैन । कुनै डाँडामा बसेर सेता हिमाल हेर्दै कुराकानी गरिरहेको अवस्थामा उनीहरु चित्रित भएकाे देखिन्छ ।विश्वव्यापी कोरोना महामारीको चपेटामा परी छायांकनको बीचमै रोकिएपछि तीन वर्षपछि फिल्मको बाँकी छायांकन गरिएको निर्देशक चौलागाईंले बताएका छन् ।
नेपालसँगै अन्य विभिन्न मुलुकहरुमा समेत फिल्म एकसाथ प्रदर्शन गर्ने तयारी भैरहेको निर्देशक चौलागाईंले बताए । फिल्म गाउँले परिवेशमा आधारित भएको बताइएको छ ।
यस चलचित्रमा मुकुन भुसाल र लक्ष्मी बर्देवाको लिड भूमिका देख्न सकिन्छ । सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारहरुको पनि अभिनय रहेको यस फिल्ममा संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन छ ।
उक्त चलचित्रलाई राज पण्डित,दिमेश श्रेष्ठ,सुवास चामलिङ राई र सावित्री ब्रजचार्यको सहकार्यमा निर्माण गरेका छन् । यस चलचित्रलाई सिम्पल एड मिडिया र रेड आई फिल्ममार्फत उत्पादन गरिएको छ । गीतमा एसडि योगी, सुरज थापा र आशिश महरको संगीत, सत्यराज चौलागाई र राम अबिरलको शब्द रचना र सुरेन बसेल कोरियोग्राफी रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १४:५७