रुकुम – सिद्घार्थ बैंकले रुकुमको मुसिकोटमा शाखा स्थापना गरि औचापरिक रूपमा उद्घाटन गरेको छ । उक्त शाखाको मुसिकोट नगरपालिकाका नगरप्रमुख देवीलाल गौतमले उद्घाटन गरेका थिए । २०७५ साल असार ३१ देखि कारोबार सञ्चालन गर्दै आएको उक्त शाखाको औपचारिक रूपमा उद्घाटन गरिएको उक्त अवसरमा जानकारी दिइएको थियो । बैंकले यससँगै देशभरका १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ सेवा दिँदै आएको जनाइएको छ ।