काठमाडौं– सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत गरिएको आ.व. २०७५।०७६को बार्षिक प्रतिवेदन पारित गरेको थियो । उक्त अवसरमा अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान बमोजिम वित्तीयविवरण पेश गर्दै कम्पनीको हाल कायम चुक्ता पूँजी रु. ७० करोड रहेकोमा नियमक निकाय बीमा समितिको निर्देशन बमोजीम रु. १ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था भए अनुसार सर्वसाधारणका लागि सुरक्षित गरिएको ३० लाखकित्ता सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरि आगामी आ.व. ०७६।०७७ का लागि कम्पनीको बार्षिक लेखा परिक्षक नियुक्तिसम्बन्धी प्रस्ताव अनि कम्पनीले चालू आवमा थप १० शाखा खोल्ने सम्बन्धी प्रस्ताव पारित साधारणसभाले गरेको छ ।