काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो । यस बैंकले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आएको छ ।