अस्गाबाट, तुर्कमेनिस्तान–ग्यासको धनीराष्ट्र तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माणमन्त्रीका रूपमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
तुर्कमेनिस्तानको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले शनिबार दिएको जानकारीअनुसार देशको धेरै रकमका परियोजनाहरूलाई हेर्ने गरी उनले छोरालाई मन्त्री बनाएका हुन् ।
राज्यले प्रकाशन गर्ने गरेको पत्रिका नेचुरल तुर्कमेनिस्तानले ३८ वर्षीय छोरा सेर्डर बेर्डीमुखामेडोभलाई मन्त्रीका रूपमा नियुक्त गरिएको सम्बन्धी पत्र पनि प्रकाशित गरेको छ ।
उद्योग तथा निर्माणमन्त्रीले हवाई, स्थल र जल यातायातसँगै सञ्चार लगायतको क्षेत्र पनि हेर्ने जनाइएको छ ।
राष्ट्रपति पुत्र बेर्डीमुखामेडेभलाई राष्ट्रपतिले आफ्नो सशक्त उत्तराधिकारीका रूपमा तयार पार्दै लगेका छन् । उनले तुर्कमेनिस्तानमा विपक्षी, स्वतन्त्र संवैधानिक निकाय र प्रेस स्वतन्त्रता नभएकोे राजनीतिक प्रणाली चलाएका छन् । (रासस÷एएफपी)
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६ ०७:१८