काठमाडौं - नयाँ अनुसन्धानमा वैज्ञानिकहरुले धेरै समय भिडियो गेम खेलेर समय बिताउने बालबालिकाहरुमा संज्ञानात्मक क्षमता कम नहुने पत्ता लगाएका छन् । जर्नल अफ मिडिया साइकोलोजीमा प्रकाशित एक अनुसन्धानमा अमेरिकाको ह्युस्टन कलेज अफ एजुकेशन विश्वविद्यालयका टोलीले निश्चित विधाका भिडियो गेम खेल्ने बालबालिकामा संज्ञानात्मक क्षमता कम नहुने पत्ता लागेको हो ।
अत्याधिक भिडियो गेम खेल्ने वा भ्रमात्मक गेम छनोटहरू खेल्दा नराम्रो असरहरू पर्छन् भन्ने डरको बावजुद बच्चाहरूको मस्तिष्क स्वास्थ्यमा कुनै असरहरू नभएको शोधकर्ताहरूले बताएका छन् । प्रभावकारी सिकाइ उपकरण मानिएको भिडियो गेमहरूले पनि कुनै अर्थपूर्ण प्रभाव नपारेको बताएका छन् ।
धेरै अभिभावकहरु आफ्ना बालबच्चाहरु भिडियो गेममा बिताएका कारण चिन्ता लिने गरेका थिए । बच्चाहरूले भिडियो गेमहरूमा घण्टौँ बिताउने भएकाले संज्ञानात्मक क्षमतामा अस्वस्थ परिणामहरू देखा पर्ने डर हुनु अभिभावकहरूलार्ई चुनौती दिदैँ आएको छ ।
के हो त संज्ञानात्मक क्षमता?
संज्ञानात्मक क्षमतामा भन्नाले मानव मस्तिष्कको क्षमतालाई बुझाउँछ ,जस्तै ध्यान, स्मण , र तर्क क्षमतासहित जानकारी दिन सक्ने प्रक्रिया, ती कुरालाई भण्डारण गर्नु र चाहिने समयमा निकाल्ने गर्दछ । यो एक मुख्य मनोवैज्ञानिक तत्व हो । मान्छेको लागि सफलतापूर्वक एक गतिविधि पूरा गर्नको लागि संज्ञानात्मक क्षमता चाहिने गर्दछ ।
ह्युस्टन विश्वविद्यालयका पाठ्यक्रम र निर्देशनका एसोसिएट प्रोफेसर र अनुसन्धान टोलीका सदस्य जि झाङले भने,‘हाम्रा अध्ययनहरूमा बालबालिकाहरुले विभिन्न प्रकारका खेलहरू छनौट गरेर लामो समयसम्म गेम खेल ता पनि त्यस्ता कुनै लिङ्कहरू फेला पार्न सकिएन ।’
यस अनुसन्धानमा भिडियो गेम खेल्ने १६० विविध शहरी पब्लिक स्कूल प्रिटिन विद्यार्थीहरूले सहभागी भएका थिए । अनुसन्धान गरेको रिर्सचमा उल्लेख गरेका छन् । सहभागी विद्यार्थीहरूले लगभग साँढे दुई घण्टासम्म भिडियो गेम खेलेको र सबैभन्दा भारी गेमरहरूले प्रत्येक दिन साँढे चार घण्टा जति खेलेको शोधकर्ताहरूले बताए ।
उत्त टोलीले विद्यार्थीहरूको भिडियो गेम खेल्ने तरिकामा ऋयनब्त् लाई मानक मापनको रूपमा छनोट गरेका थिए। CogAT भन्नाले मौखिक, मात्रात्मक र गैर–मौखिक र स्थानिक सीपहरूको मूल्याङ्कन गर्ने गर्दछ । विद्यार्थीहरू CogAT मानकीकृत संज्ञानात्मक क्षमता परीक्षणमा ७ मापन गरिएको बताएका छन् ।
यस अध्ययनले निश्चित प्रकारका खेलहरूले बच्चाहरूलाई स्वस्थ संज्ञानात्मक सीपहरू निर्माण गर्न मद्दत नगर्ने भन्ने तथ्य पनि पत्ता लागेको छ जब कि ती केबल कुरामा मार्केटिङ सन्देशहरूको रूपमा वर्णन गरिएको सोधपत्रमा बताएको छ ।
यस अध्ययनका नतिजाहरूले अभिभावकहरूले पाँचौँ कक्षासम्म भिडियो गेम मन पराउने बालबालिकाहरूका संज्ञानात्मक अवरोधहरूको बारेमा धेरै चिन्ता लिनु नपर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।
भिडियो गेमिङ बच्चाहरूको लागि उचित र रमाइलो समाचार हुने खाल्का हुनुपर्छ । जब भिडियो गेमको कुरा आउँछ, आमाबाबु र साना बच्चाहरूबीचको साझा आधार खोज्नु एकदमै गाह्रो छ ।अनुसन्धानकर्ताहरुका अनुसार कम्तिमा अब हामीले बुझेका छौं कि बाल्यकालको विकासमा सन्तुलन खोज्नु मुख्य कुरा हो, र हामीले भिडियो गेमिङको बारेमा धेरै चिन्ता लिनु आवश्यक नरहेको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १५:०२