काठमाडौं–सेयर बजार परिसूचक नेप्सेमा आज तेस्रोदिन पनि गिरावट भएको छ । नेप्सेमा आज ३.०७ अंकले गिरावट भएर १९०४.९८ अंकमा बन्द भएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । नेप्से ९३ अंकले बढ्दा बुधबार करिब २ अर्बको कारोबार भएको थियो । बिहीबार नेप्से घटेपनि डेढ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर करिब १ अर्बमा सीमित भएको थियो । सोमबार पनि ९० अर्ब माथिको कारोबार भएपनि मंगलबार कारोबार झनै घटेको छ ।
मंगलबार नेप्सेमा २४ हजार ४२९ वटा कारोबारमा २९ लाख ७५ हजार ९२० कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ८७ करोड ४ लाखको कारोबार भएको छ । जसमध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड २६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ३ करोड ९९ लाख र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ३७ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २१९ कम्पनीको सेयर कारोबार हुँदा १३८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १९ कम्पनीको स्थिर रहेको छ । जसमध्ये कालिञ्चोक दर्जन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य ६।०५ प्रतिशतले वृद्धि भएको छ ।
यता खप्तड लघुवित्तको सेयरमूल्य ५।०५ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ४।६८ प्रतिशतले गिरावट भएको छ । यस्तै बाराही हाइड्रोपावरको सेयरमूल्य ४।२० प्रतिशतले गिरावट भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १५:४१