काठमाडौं - विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक र भक्तपुरका दुई व्यक्तिले भिन्न भिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेकाे अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-६ पाखरटोल घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई र अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा पोर्चुगल पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी प्रलोभनमा पारी १० जना पीडितहरूबाट १५ लाख रूपैयाँ ठगी गरेको अभियाेगमा भण्डारीलाई पक्राउ गरेको हो ।
अमेरिका, जर्मनी, बेलायत तथा जापानमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु भनि मासिक ४ लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारी
२० जना पीडितहरूबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रूपैयाँ ठगी गरेकोअभियोगमा खड्कालाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगार विभागबाट उनीहरुलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीका अनुसार भण्डारीलाई काठमाडौं महानगरपालिका- १३ ताहाचलबाट र खड्कालाई रौतहट चन्द्रपुर नगरपालिका-४ चपुरबाट पक्राउ गरेको हाे ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर जनाइएकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १७:४६