काठमाडौं - अन्तराष्ट्रिय पदक जित्ने खेलाडी कृष्ण सिं शाही ६५ वर्षमा सम्मानित भएका छन् ।
नेपाललाई इन्टरनेसनल स्ट्रेन्थलिफ्टिंग एण्ड इन्कलाईन्ड बेन्च प्रेस च्याम्पियनशिप २०२३ मा रजत पदक दिलाउने खेलाडी कृष्ण सिं शाही ६५ वर्षको उमेरमा सम्मानित भएका हुन् ।
राष्ट्रीय प्रजातन्त्र पार्टी काठमाडौं महानगरपालिका वडा नं २२ ईकाई समितिले बुधबार एक कार्यक्रमको आयोजना गरी वरिष्ठ खेलाडी शाहीलाई सम्मान गरेको हो ।
शाहीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले दोसल्ला ओढ़ाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा २२ वडामा रहेका नेवाः गुठी समुदायलाई सम्मान गरिएको थियो ।
गत चैतमा नेपालमा नै सम्पन्न उक्त प्रतियोगितामा ५६ किलोग्राम शारारिक तौल भएपनि मास्टर्स–३ स्पर्धा अन्तर्गत ६८ केजी तौल समूहमा खेलेका थिए शाहीले बाइसेप कर्लिगं र ह्याक लिफ्टको दुई–दुई सेटमा गरी कुल ३ सय ४७.५ केजी उचालेका थिए ।
उनले बाइसेप कर्लिगंको पहिलो र दोस्रो सेटमा क्रमशः ४० र ४२.५ केजी भार उठाएका थिए । त्यस्तै, ह्याक लिफ्टको पहिलो सेटमा १ सय २५ केजी र दोस्रो सेटमा १ सय ४० केजी उठाएर नेपाललाई रजत पदक दिलाउन सफल भए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० ०७:१७