काठमाडाैं - माबिलुङ्गग इनर्जीले साधारण शेयर बिक्री गर्न प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केटलाई छानिएकाे छ । माबिलुङ्गग इनर्जी लिमिटेडको सर्वसाधारणमा १८,९०,५४० कित्ता साधारण शेयर बिक्रीवितरण प्रबन्ध गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलसँग सम्झौता गरेको हाे ।
सर्वसाधारणलाई बिक्री गरिने रु.१००/- अंकित दरका रु.१८,९०,५४,०००/- रकम बराबरको १८,९०,५४० कित्ता साधारण शेयर माबिलुङ्गग इनर्जीले बिक्रीवितरण प्रबन्ध गर्ने भएकाे छ ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गग इनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणाधिन ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० १६:००