काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार राताम्मै भएको छ । यसअघि बुधबार १५.१३ अंकले बढेको शेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । बिहीबार सबै उपसूचकको शेयर घटेर बजार राताम्मै भएका छ ।
यसैगरी २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता शेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।
यसैगरी कुमारी बैंक लि। को ३ करोड ५३ लाख रुपैयाँ भन्दा बढिको शेयर कारोबार भएको छ । बिहीबार कालिञ्चोक दर्शन र मोलुङ हाइड्रो पावरको शेयर १० प्रतिशतले बढेको छ । यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।