सप्तरी– सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट भएको छ । घर जल्दारु ६५ लाख बराबरको आर्थिक क्षति भएको बताइएको छ ।
खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५ घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद गरी ६५ लाख २० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।
आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्रचौधरी, राजेन्द्रप्रसाद चौधरी हरिहर देवीचौधरी, भरत चौधरी, मोहनप्रसाद चौधरी, शत्रुघ्न चौधरी, रवीन चौधरी, अमिन चौधरी, सचिन चौधरी, सबुरलाल चौधरी, मिश्रिलाल चौधरी, हरि चौधरी, नेमन चौधरी र नन्दचौधरीको घर जलेर नष्ट भएको छ ।
शम्भुनाथर राजविराज नगरपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० १६:४५