बेजिङ - “चिनियाँ आधुनिकीकरण र विश्व” बारे बृहत् छलफल हुने भएकाे छ । चाइना पब्लिक डिप्लोमेसी एसोसिएसन, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र शाङहाई म्युनिसिपल पिपुल्स गभर्नमेन्टले संयुक्तरूपमा छलफलको आयोजना गरेको हो ।
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिने भएका हुन् ।
उनले यस कार्यक्रममा मन्तव्य दिने मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबारबारे जनाकारी दिएका हुन् । मञ्चले विदेशी प्रतिष्ठित व्यक्तित्व, प्रतिष्ठित विज्ञ र विद्वान, व्यापारिक नेता, विदेशी कूटनीतिज्ञ राजदूत र चीनमा रहेका अन्तरराष्ट्रिय संघसंस्थाका प्रतिनिधि र अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई आमन्त्रण गर्रेर सघन छलफल गर्ने अपेक्षा गरिएको छ ।
“चिनियाँ आधुनिकीकरण र विश्व” भन्ने नारा अन्तर्गत यस फोरमले चीनको नयाँ विकास, विश्वव्यापी असल शासन, जनतासँगको निकटतालगायतका विषयमा गहिरो विचारको आदानप्रदानका लागि तीन प्यानल सत्र र व्यापारी समुदायसँग दिवाभोज गर्ने एजेन्सीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०८:४३