काठमाडाैं - नेपालका युवा अलराउन्डर कुशल मल्लले एसीसी प्रिमियर कप क्रिकेटमा ओमानसँगको खेलमा कीर्तिमानी शतक बनाएका छन् ।
कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्कासहित शतक बनाए । कुशल ६४ बलमा १ सय ८ रनमा आउट भएका छन् ।
उनको यो कुनै पनि अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् ।
कुशलले यसअघि सन् २०२२ मा पपुवा न्युगिनीसँगको खेलमा कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् ।
समग्रमा उनी एकदिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन् ।
यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका छन् ।
आजको खेलमा नेपालको सुरुवात खराब गरेको थियो । नेपालले पहिलो रन २८औँ बलमा जोडेको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १२:४४