काठमाडौं - “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट बीमा नविकरणमा गरे क्यासब्याक जित्ने मौका सार्वजनिक गरेकाे छ ।
आइएमई पे बाट बीमा सेवाको प्रयोग गरीअब घरमै बसी सहजै केही मिनेट मै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गरि क्यासब्याक जित्ने मौका सार्वजनिक गरेकाे हाे ।
सो सेवा अन्तर्गत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न मिल्छ ।
लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उदेश्यका साथ आइएमई पेबाट सो इन्सुरेन्स पोलिसीहरुको नविकरण गर्ने सुबिधा उपलब्ध गराईएको हो ।
साथै नव वर्ष २०८० को उप्लक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १००५ क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउन सकिने जनाइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १६:२४