काठमाडाैं - सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको लागि रु. पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग बैंकले प्रदान गरेको हाे ।
सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख श्री अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त सहयोग रकम काभ्रेपलाञ्चोक, धादिङ्ग, नुवाकोट र रसुवा जस्ता दुर्गम क्षेत्रका मोतिबिन्दु रोगीहरुको पहिचान गरि आँखा शल्यक्रिया गर्नका लागि उपयोग गर्ने नेपाल आँखा अस्पतालले जनाएकाे छ ।
सो सहयोगबाट आर्थिक स्थिति कमजोर भएर मोतिबिन्दु रोगको उपचार गर्न नपाइरहेका विरामीहरुको दृष्टि सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०७:३९