विराटनगर– विराटनगर पुन : झडप भएको छ । पहिचानको आधारमा प्रदेशको पुनस् नामकरण माग गर्दै झडप भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको हो ।
मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार समेत गरेको छ ।
प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० १४:३०