काठमाडौं– गौरीशंकर गाउपालिका– ८ खारेको समन्वय र सिनर्जी हाइड्रोपावर लिमिटेडको सहयोगमा छेसाखारे आधारभूत बिधालयका ६० जना विद्यार्थीको लागि शैक्षिक सामाग्री बितरण गरिएको छ। शनिबार एक कार्यक्रम को बीच बिरण गरिएको थियो ।
विद्यार्थीका लागि कापी कलम स्कुल ब्याग र गणितीय प्रयोगात्मक सामाग्री गौरीशंकर गाउपालिका ८ खारेका वडा अध्यक्ष दावारिन्जी शेर्पाको प्रमुख आतिथ्यमा तथा साबिकको खारे गा बि स ८का पुर्ब वडा अध्यक्ष सिम बहादुर तामाङ पुर्व बिधालय ब्यबस्थापन समितिको अध्यक्ष नारायण बहादुर श्रेष्ठ हालको छेसाखारे आधारभूत बिधालय ब्यबस्थापन समितिको अध्यक्ष प्रेम बहादुर तामाङ लगायको उपस्थिति रहेको थियो।
भौगोलिक बिकटताको बावजुत पनि विद्यार्थीहरुलाइ सहज ढंगले पठनपाठन गराइ शैक्षिक क्षेत्रमा गुणस्तरको निम्ति अहोरात्र खटिने शिक्षक शिक्षिका प्रति आभार प्रकट गर्दै आगामी दिनमा आफ्नो कार्य अबधि भित्र शैक्षिक क्षेत्रलाई जनमैत्री बनाइ शिक्षाको क्षेत्रमा लगानी गर्न कुनै कसुर बाकी नराख्ने वडा अध्यक्ष दावारिन्जी शेर्पाले बताएका छ्न सोही कार्यक्रमको अबसरमा बिधालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष नारायण बहादुर श्रेष्ठले सुबिधा सम्पन्न भवन र विद्यार्थीलाई सिनर्जी हाइड्रोपावर लिमिटेडले शैक्षिक सामाग्री वितरण गर्नको लागि समन्वय गरेकोमा वडा अध्यक्ष दावारिन्जी शेर्पालाई धन्यवाद दिएका थिए।
बिगतका वर्षहरु भन्दा यस वर्ष विद्यार्थीको शैक्षिक अवस्थामा पनि थप सुधार हुँदै गएको र विद्यार्थीको चौतर्फी विकासको निमित्त पनि खेलकुद र अन्य मनोरञ्जनका सामाग्री पनि बिधालयमा आवस्यकता रहेको हुदा सो सामाग्रीको आवश्यकता पुर्तिको निम्ति वडा अध्यक्ष दावारिन्जी शेर्पा समक्ष छेसाखारे आधारभूत बिधालयकका प्रधानध्यापक आङदोर्जे शेर्पाले राखेका थिए बिधालय ब्यबस्थापन समितिको अध्यक्ष प्रेम बहादुर तामाङले बिधालयको हकहितका लागि आफू सधैभरी लागिरहने र विद्यार्थीको लागि गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति स्थानीय तहले पनि उत्तिकै चासो लिएको प्रती वडा अध्यक्ष
तथा विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराइ शिक्षामा थप टेवा पुर्याउन सहयोग गरेकोमा सिनर्जी हाइड्रोपावरलाई विशेष धन्यवाद दिएका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० १६:१५