धनगढी— सिद्घार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा कैलालीको धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरूलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिनका लागि प्रदान गरिएको जनाइएको छ । तालिममा व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, करआदिका महत्वपूर्ण जानकारी दिइएको थियो । बैंकले हाल १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् बैैकिङ्ग सेवा दिँदै आएको जनाएको छ ।