काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले घुम्ती बिमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । बिमा समितिले इन्स्योरेन्स कम्पनीहरूलाई जारी गरेको ‘शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६’ मा व्यवस्था भए बमोजिम यी दुई कम्पनीहरूले संयुुुक्त रूपमा घुम्तिबिमा सेवा बर्दियाको ठाकुरवावा मन्दिर परिसरमा सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा उनले बिमालाई आम जनतामा सर्वसुलभ रूपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाइएको जानकारी दिए । ग्राहकलाई घरदैलोबाटै बिमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती बिमा सेवा संचालन गरिएको जनाइएको छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रममा ग्राहकको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षाका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको जानकारी दिइयो । घुम्ती बिमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायीलाई आग्रह गरे ।