वैदेशिक रोजगारीलाई गन्तव्य मुलुकहरुको नीति र विश्व परिस्थितिको तादम्यतासँग जोडेर हेर्नुपर्छ । साथै, यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावलाई बिर्सनु हुँदैन । गत ७० को दशकमा शून्य लागतमा वैदेशिक रोजगारीमा जाने कुरा जोडले उठ्यो । हुन त यो कुनै नयाँ कुरा थिएन, डिमाण्ड र सप्लाइको आधारमा रोजगारदाताले कार्यान्वयन गर्थे ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको रफ्तार घट्ने देखिँदैन । व्यक्तिको आम्दानीको ठूलो हिस्सा स्वास्थ्य, शिक्षा र खाद्यान्नमा नै खर्च हुन्छ । सामान्य परिवारका लागि यो आम्दानी नेपालमा बसेर सम्भव छैन, जसका लागि विदेशिनु बाध्यात्मक अवस्था भए पनि अर्थोपार्जनको बलियो आधार वैदेशिक रोजगारी नै हो ।
तर, पछिल्लो समय महŒवकासाथ हाइलाइट गरियो र नेपाल सरकारले पनि नीतिगत पहल गर्यो । अझ भनौं यसमा नेपाल सरकार २०७२/७३ मा ओभर रियाक्टिभ नै भयो र ‘फ्रि भिसा, फ्रि टिकट’को विषयलाई एक्कासि अन्तर्राष्ट्रिय सिनारियोमा ल्याइयो, यस प्रावधानले हलचल नै भयो । यसले वैदेशिक रोजगारको क्षेत्रमा राम्रो र नराम्रो दुवै परिस्थिति सिर्जना ग¥यो । सही अर्थमा भन्ने हो भने हाम्रो मुलुकले जस्तो अन्य मुलुकले पनि कामदार पठाउन उल्लिखित सर्त राखेको भए उपलब्धि हासिल हुने थियो भने नेपाली श्रमिकहरुले पैसा तिर्नुपर्ने अवस्था आउँदैन थियो । नेपाल एक्लै भएका कारण गन्तव्य मुलुकहरुले हाम्रो कुरालाई त्यति महत्व दिएनन् ।
सरकारले विदेशमा काम गर्न जाँदा पैसा लाग्दैन त भन्यो तर त्यसको मार समग्र वैदेशिक रोजगार क्षेत्रमा प¥यो । जसका कारण थुप्रै व्यवसायीहरु पलायन भए । ७० को दशक वैदेशिक रोजगारको क्षेत्रमा ठूलै उथलपुथल आयो ।
यसले सकारात्मकभन्दा नकारात्मक प्रभाव धेरै पा¥यो । ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधानले व्यवसायीलाई दायित्वविहीन बनायो भन्दा अत्युक्ति नहोला ।
भोलि कुनै कामदार समस्यामा प¥यो र फर्किनुपर्ने अवस्था आयो भने त्यसको क्षतिपूर्ति लिने ठाउँ नै छैन । कानुनअनुसार पैसा बुझाएर गएको पनि हुँदैन र व्यवसायी त्यसको जवाफदेही हुँदैनन् ।
फ्रि भिसा फ्रि टिकटको प्रावधान आएपछि पुराना व्यवसायी पलायन हुने र नयाँ लाइसेन्स लिनेको संख्या ह्वात्तै बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले पनि देखाएको छ । अस्वस्थ्य प्रतिस्पर्धाले ठगीका घटना उत्तिकै बढेका छन् ।
यही ७० कै दशकमा हामीले कोरोना महामारीको पनि सामना गर्नुप¥यो । एक किसिमले भन्नुपर्दा नजरबन्दजस्तै अवस्था सिर्जना गर्यो । कोरोनाकै कारण प्रचलनमा रहेका थुप्रै उद्यम व्यवसाय कोल्याप्सको अवस्थामा पुग्यो भने सँगसँगै नयाँ कन्सेप्ट र बिजनेसको पनि उदय भयो । विश्वमा उद्योग गर्ने, ट्रेडिङ गर्ने, उत्पादन गर्ने, जागिर खाने र मानिसको चलायमान हुने सोचमा पनि परिवर्तन आयो । यसले नयाँ कुराको सिर्जना गर्यो ।
नेपालबाट सिर्जना भएको नयाँ परिवेशअनुरुपको श्रमिक पठाउनसक्ने अवस्था हुन सकेन, न त त्यो स्तरको जनशक्ति नै तयार गर्न सक्यौं । तर, कोभिडको लहर सकिएपछि गन्तव्य मुलुकमा परम्परागतरुपमा सञ्चालित पेसा व्यवसाय ‘रिफर्म’ भएपछि रोजगारीका लागि जाने नेपालीको संख्यामा पनि ह्वात्तै वृद्धि भयो । कोरोनापछि पढेलेखेका र उच्च मध्यम वर्गका नेपालीहरु पनि मलेसिया तथा खाडी मुलुकमा जान थालेका छन् । त्यस्तै वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्यामा पनि सतप्रतिशतले नै वृद्धि भएको पाइएको छ ।
विदेश जान राहदानी लिने महिला पनि उल्लेख्य बढेका छन् । कोरोनाका कारण मानिससँग भएको सञ्चित रकम सकिएपछि आयआर्जनका लागि विभिन्न विकल्प खोजिरहेका छन् र सजिलो माध्यमको रुपमा वैदेशिक रोजगारीलाई लिइरहेका छन् । यसको चपेटामा महिला बढी देखिन्छन् । यतिखेर झण्डै ७० प्रतिशत मानिस रकमविहीन अवस्थामा रहेका छन् । अहिले नेपालीहरु कमाउनभन्दा पनि बाँच्नका लागि संघर्ष गरिरहेका छन् ।
नेपाल सामान्य कामदार पठाउने देशको रुपमा चिनिन्छ । नेपालबाट प्राविधिक जनशक्ति पठाउनसक्ने अवस्था पनि छैन । अन्तर्राष्ट्रिय डिमाण्डअनुसार मुस्किलले ०.००१ प्रतिशत दक्ष तथा प्राविधिक श्रमिक पठाउन सकिएला तर यो अन्य मुलुकको तुलनामा गणना नै हुँदैन । यसमा नेपालको शिक्षा प्रणालीले पनि काम गरेको छ । जसमा ८० प्रतिशत सैद्धान्तिक पढाइ हुन्छ । २० प्रतिशत प्राविधिक अध्ययनले मात्रै पुग्दैन । त्यसमा पनि हाम्रो प्रविधिक अध्ययनमा गराउनेभन्दा देखाउने बढी हुन्छ । यसले दक्षतामा निखार आउँदैन ।
जे होस्, काम जानोस् वा नजानोस्, प्राविधिक होस् वा अप्राविधिक जस्तो अवस्था भए पनि वैदेशिक रोजगारीमा जाने ट्रेण्ड भने निरन्तर चलिरहन्छ । यो विश्वव्यापी चक्र हो । अवसरका लागि मानिस जुनसुकै कुनामा पुग्नसक्छ । अवसरले नै मानिसलाई आप्रवासनमा पुर्याउँछ । यस्तो अवस्थामा नेपालीहरु अछूतो हुने कुरै आउँदैन ।
आजको दिनमा अलि आशा गरिएको कृषि क्षेत्र हो । यसमा पनि आधुनिक कृषि प्रणाली अवलम्बन गर्न नसक्दा प्रचुर उत्पादन हुन सकिरहेको छैन । आफूलाई पुग्ने उत्पादन गरेर बजारमा लैजाने अवस्था छैन । प्रविधिमैत्री प्रणालीको विकास नहुनु र परम्परागतरुपबाट हुने आम्दानीको स्रोतले नपुग्ने भएपछि नेपालीहरु वैदेशिक रोजगारीमा आकर्षित भएका हुन् । यसरी हेर्दा नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको रफ्तार घट्ने देखिँदैन । व्यक्तिको आम्दानीको ठूलो हिस्सा स्वास्थ्य, शिक्षा र खाद्यान्नमा नै खर्च हुन्छ । सामान्य परिवारका लागि यो आम्दानी नेपालमा बसेर सम्भव छैन, जसका लागि विदेशिनु बाध्यात्मक अवस्था भए पनि अर्थोपार्जनको बलियो आधार वैदेशिक रोजगारी नै हो ।
वैदेशिक रोजगारीका लागि नेपालबाट मात्रै होइन विकसित भनिएको मुलुक अमेरिकाबाट पनि मानिसहरु अन्य मुलुक जाने गरेका छन् । झण्डै ४० प्रतिशत अमेरिकीहरु वैदेशिक रोजगारीमा रहेको विभिन्न तथ्यांकले देखाएको छ । यसर्थमा हामीले विश्वव्यापी परिवेशमा प्रतिस्पर्धा गर्नसक्ने प्राविधिक तथा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि सरकारले आवश्यक लगानी र नीतिगत व्यवस्था गर्न जरुरी छ ।
अहिले विश्वबजारलाई दक्ष जनशक्तिको आवश्यकता छ । आप्रवासनको गतिलाई रोक्न नसकिने हुँदा सोहीअनुरुप हामीले हाम्रो दक्षतामा पनि अभिवृद्धि गर्न ढिलाइ गर्नुहुन्न । वैदेशिक रोजगारी जेनेटिक भइसकेको अवस्था छ । मेरो बाजे विदेश गएका थिए, बुबा पनि गए र म पनि जानुपर्छ भन्ने मान्यता बनिसकेको छ । यसलाई सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था भन्नु भन्दा पनि प्राकृतिक चक्रको रुपमा लिनु उत्तम हुन्छ र विदेश जाने नेपालीको सुरक्षण नीतिलाई बलियो बनाउनुपर्छ । यसमा सरोकारवाला सबैले पहल गर्न जरुरी भइसकेको छ ।