काठमाडौं– काठमाडौं महानगपालिकाले पुरानो बसपार्कमा रहेको सडकपेटीको प्रहरी बिट हटाउने कार्य सुरु गरेको छ । महानगरले काठमाडौंको भ्यूटावर नजिकै रहेको प्रहरी बिट हटाउन लागेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
सडक पेटीमा रहेको प्रहरी विट हटाउने महानगरपालिकाको योजना अनुरुप हटाउन थालेका हौैं, यहाँ मात्रै होइन, सबै ठाउँको सडकपेटीको बिट हटाउँछौं,’ पाण्डेले भने ।
काठमाडौं महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरुलाई अस्थायी व्यवस्थानको रुपमा काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा दिने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १२:२४