काठमाडौं– हाल पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्ने ड्राइभिङ लाइसेन्स सम्बन्धि नयाँ व्यवस्था लागु हुने भएको छ । यो व्यवस्था झण्झटिलो भएको भन्दै अब १०/१० वर्षमा मात्र नवीकरण गर्ने व्यवस्था गरिने भएको हो ।
‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएको मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने ।
पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानलाई बदलेर १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने विश्वास लिइएको उनले जानकारी गराएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १५:४७