काठमाडौं– आज मंगलबार सेयर बजार परिसूचक नेप्से १७ अंकले बढेर १९०५ अंकमा कायम भएको छ । १७.३६ अंक बढेर नेप्से सो विन्दुमा पुगेको हो । कुल ८८ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १३ करोड बढी हो ।
कुल १६८ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको घट्यो भने ५ को स्थिर रहृयो । सबैजसो उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक ५७, फाइनान्स १९, होटल तथा पर्यटन ६६, जलविद्युत् १२, जीवन बीमा ५७, उत्पादन ७९, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ९५, अन्य ६ र ब्यापार उपसमूह १३ अंक बढे ।
तारागाउँ रिजेन्सीको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । खप्तड लघुवित्तको ७.८ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.५ प्रतिशत मूल्य बढ्यो । पिपुल्स पावरको मूल्य ४.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, कालिन्चोक दर्शन, नबिल बैंक, हिमालयन डिस्टिलरी र हिमाल दोलखा हाइड्रोपावर अगाडि रहे ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १५:५७