नवलपरासी– भारतबाट भन्सार छलि नेपाल ल्याईएको ठूलो परिणामका चिनी प्रहरीले नियन्त्रणमा लिईएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार साझ ५ : ५० बजे बर्दघाट नगरपालिका–४ टिसिएन चोकस्थित पुर्व– पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट नियन्त्रणमा लिएको हो । प्र.नि.विरेन्द्र केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रहेको चिनी र कागजपत्र शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको जाकारी दिए ।
नियन्त्रणमा लिइएको ट्रकमा ४२० बोरा चिनी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।
ट्रक चालक सिराहा धनगढीमाई नगरपालिका–१० बस्ने विरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागि राजश्व कार्यालय बुटवल पठाएको पाण्डेयले बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ११:३२