काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा पुन : उम्मेदवार हुने घोषणा गरेका छन्। उनी राष्ट्रपति हुदा गर्न चाहेका कतिपय काम पूरा नभएकाले फेरी अर्कौ कार्यकालका लागि राष्ट्रपति हुन चाहेको बताएका छन् ।
‘उनले भने, ‘चार वर्षअघि म राष्ट्रपति उम्मेदवार हुँदा भनेको थिएँ, हामी अमेरिकाको आत्माका लडिरहेका छौं, हामी अहिले पनि त्यसैका लागि लडिरहेका छौं । अहिले सन्तुष्ट भएर बस्ने बेला भएको छैन। त्यसैले म फेरि चुनाव लड्दैछु।’
बाइडेनले सन् २०२० को चुनावमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए। २०२४ मा पनि उनीहरू नै आमनेसामने हुने सम्भावना देखिएको छ ।
चुनाव लड्ने बेलासम्म बाइडेन ८२ वर्षका हुनेछन्। अहिलेसम्मको इतिहासमा उनी अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति समेत हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० १२:०३