ताप्लेजुङ– मैवाखोला गाउँपालिका– ४ ताम्राङ बस्ने ४७ वर्षीय दारेन्जेन शेर्पाको छोरा १० वर्षीय फुर्वा दोर्ची शेर्पाको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । चट्याङ लागेर जिन दोन्जेन शेर्पा र उनकी श्रीमती ४७ वर्षीय नुङ्मा लामु शेर्पा समेत सामान्य घाइते भएका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ११:४३