काठमाडाैं - शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव २७ अङ्कले घटेर १ हजार ८ सय ८९ विन्दुमा घटेकाे छ ।
बैंकिङ र हाेटल तथा पर्यटनबाहेक अरू सबै समूहकाे शेयर आज घटेकाे छ । उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र बीमा समूहकाे शेयर उच्च अकंले पनि ओरालाे लागेकाे छ ।
बजार घटेकाे दिन २ सय ६९ वटा कम्पनीका २१ लाख ७४ हजार कित्ता शेयर ७३ कराेड ९६ लाख रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ । सबैभन्दा धेरै एभरेस्ट बैंककाे ३ कराेड ७६ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भएकाे छ ।
एनआईबीएल ग्राेथ फन्डकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे भने समग्रमा बजार घटे पनि आज सिटिजन्स म्युचल फन्ड–२ काे शेयर ५ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।
अ
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १८:३४