काठमाडाै – ग्लोबल आईएमई बैंक लिमिटेडले केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ ।
नवलपुरको गैँडाकोटमा रहेको मौलाकालिका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना बैंकले सार्वजनिक गरेको हाे ।
यो योजनाअन्तर्गत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले स्मार्ट च्वाइस टेक्नोलोजीसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालिका केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटका लागि योग्य हुनेछन् ।
ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवर्धन गर्न यो छुट योजना सार्वजनिक गरेको बैंकले जनाएकाे छ । यो छुट योजना सीमित अवधिका लागि रहने छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० ०९:५८