काठमाडौं - आईपिडिएफले चीन र थाइल्याण्डको भ्रमण गरि पर्यटक भित्र्याउन पहल गर्ने भएको छ । थाइल्याण्ड र चीनका प्रतिनिधिमण्डलसँगको भेटमा नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन परियोजना विकास गरी छिमेकी देशहरु चीन र थाइल्यांण्डबाट पर्यटक भित्र्याउन पहल गर्न आईपिडिएफ लागि परेकाे हाे ।
कम्तीमा ३० लाख पर्यटकहरु नेपालमा भित्र्याउन कसरी सकिन्छ भन्ने विषयमा आईपिडिएफले छलफल गरेकाे छ । चीनको सांस्कृतिक पर्यटनको विकास र थाइल्यांडको धार्मिक तथा कृषि पर्यटनको विकासबाट नेपालले के कस्ता पाठ सिकेर थप परियोजना विकास गर्ने सम्वन्धमा आइपिडिएफ ग्लोबल र आईपिडिएफ थाइल्याण्ड च्याप्टर र आइपिडिएफ चिन च्याप्टरका पदाधिकारी तथा सल्लाहकारबीच तीनै देशको पर्यटन उद्योग र सोसँग सम्बन्धित परियोजना तथा आपसी सांस्कृतिक आदान प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।
वार्षिक कार्ययोजना निर्माण गरी कार्यक्रमहरु संचालन गर्ने गरी निर्णय समेत भएको छ । कार्यक्रम आईपिडिएफ पर्यटन विभाग प्रमुख लाक्पाफुटी शेर्पाको संयोजकत्वमा सम्पन्न भएको थियो भने आइपिडिएफका अध्यक्ष मुकुन्द ढुंगाना, महासचिव कमल कार्की, सचिव गेन्द्र लामा, कोषाध्यक्ष द्रोण पराजुलीले कार्यक्रमलाई सहजीकरण गरेका थिए।
वर्ड बुद्धिस्ट अर्गनाइजेसन थाइल्याण्डका संयोजक, बरिष्ठ लेखक ,गीतकार साथै कार्यक्रम प्रस्तोता डा. प्रसित भुस्त्री र चीनका पर्यटन ब्यवसायी लुडाचेनको दुबै देशमा ८० प्रतिशत बौद्धमार्गी रहेको र ती सबैले एकपटक नेपाल आउनलाई इच्छा ब्यक्त गरेको हुँदा पर्यटकलाई नेपाल आउनको लागि उपयुक्त बातावरण तयार पार्न सके नेपालमा करोडौ पर्यटक आउन सक्ने र त्यसका लागि दुवै देशका प्रतिनिधिले उपयुक्त प्याकेज र उचित बातावरण निर्माणका लागि सहकार्य गरेर कार्य गर्नुपर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
आईपिडिएफ ग्लोबलले चाँडै दुबैदेशको मैत्रीपूर्ण भ्रमण गरी आइडिडिएफ च्याप्टर चीन र थाइल्याण्डको औपचारिक उद्घाटन गर्ने अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १४:३८