बीरगंज–अवैध वित्तिय कारोवार (हुण्डी) भईरहेको भन्ने विशेष सुचनाको आधारमा सुरेश महत्तोलाई पक्राउ गरेको छ ।
आईतबार बिहान जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको रक्सौलबाट बीरगंज तर्फ आउँदै गरेको मो.सा.मा सवार भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने चन्देश्वर महत्तोको छोरा बर्ष ५० को सुरेश महत्तोको साथबाट स्रोत खुल्न नसकेको नेपाली ५ लाख ५० हजार फेला पारीएको थियो ।
सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको कुरा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।