काठमाडौं– सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता गर्न सुरु गरेको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै आएका पुनले माइतीघरमा धर्ना दिएका थिए ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा वार्ता जारी छ । यस वार्तामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी रहेका खड्काको सचिवालयले जनाएको छ ।
सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका थिए ।
धर्नामा महावीरलाई साथ दिन राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १४:१६